कांग्रेस नेता निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ । हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटवार्ता भएको हो । बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटका क्रममा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए…