दार्चुलामा बडू र ठगुन्ना दोस्रो पटक प्रतिस्पर्धामा, बडूलाई कति सहज ?

दार्चुला। पहिलो र दोस्रो संविधानसभा निर्वाचनका प्रतिष्पर्धी काँग्रेस नेता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र एमाले नेता गणेश ठगुन्ना फेरि प्रतिस्पर्धामा छन्। दोस्रो संविधानसभा निर्वाचनमा ठगुन्नासँग पराजित नेता बडू यस पटक सहजपुरमा जित निकाल्ने रणनीतिका साथ अगाडि बढेका छन्। ‘मेरो संकल्पः यैपाली रुख, इसैपाली विकास’ भन्दै बडू यस पटक चुनावी प्रतिस्पर्धामा छन्…