बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा

महोत्तरी । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन । मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन । बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको बताएका छन ।…