करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न त्रिविलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको आचारसंहिताको प्रतिकुल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानले पदपूर्ति गरेको आयोगले जनाएको छ ।…