छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष कैद

काभ्रे । छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका-३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद र १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न भनेको छ ।…