माओवादीमा समानुपातिक सूची बनाउन तीन सदस्यीय कार्यदल

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समानुपातिक सूची टुंगो लगाउन कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको हो । गुरुङ नेतृत्वको कार्यदलमा उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य रहेका एक नेताले बताए। ती नेताका अनुसार कार्यदलले क्लस्टर मिलाएर सूची तयार पार्नेछ…