काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बिहीबार…