काठमाडौं । काठमाडौं जिल्ला अदालतले सौन्दर्य प्रतियोगताको आडमा यौन शोषण (बलात्कार) गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । यस्तै नाबालिगमाथि यौन दुव्र्यवहार मुद्दामा भने उनीसँग एक…