केनको गोलमा टोटनहमको जित

लन्डन । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २-० ले हराएको छ । एन्टोनियो कोन्टेको टोलीले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेल सम्म कायम राखेको हो । यसक्रममा टोटनहमले तीन खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ । खेलको पाँचौ मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लियो…