काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन्। सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।…