घटस्थापनाकाे साताै दिन कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनकाे नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।…