कांग्रेसले प्रत्यक्ष तर्फको उम्मेदवार छनोटकालागि बनायो यस्ताे मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले प्रत्यक्ष तर्फको उम्मेदवार छनोटकालागि मापदण्ड बनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान,…