काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेका हुन् । जसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा…