काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो। एक मन्त्रीले दिएको जानकारी अनुसार उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप छन् ।