लन्डन । एफसी सेरिफलाई २-० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ । युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २-० को जित निकाल्यो ।…