हट्यो ९ महिना लामो संसदको अवरोध

काठमाडौं । स्थानीय तहको निर्वाचन परिणाममा पछि परेसंगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमालेले संसदको अवरोध हटाएको हो ।  बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर…