तनहुँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार तनहुँ आउनु हुने कार्यक्रम छ । नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३ औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि सभापति देउवा आउने कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा सभापति देउवाले सम्बोधन गर्ने छन् ।…