विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

पाल्पा । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्राको तयारी पूरा भएको छ । यस वर्ष आइतवार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो । प्रत्येक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ । यस वर्षको भगवती जात्राको…