यू–१६ इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ भएको हो । पर्सिदेखि मलेशियामा शुरू हुने प्रतियोगिताका लागि क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको उपकप्तानमा सूर्यांशु कोइराला रहेका छन्…