काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले बेलायतको लन्डनमा आयोजना गरिएको ‘वर्ल्ड ट्राभल मार्केट–२०२४ (डब्लूटीएम) मा’ सहभागिता जनाएको छ । कात्तिक २० देखि २२ गतेसम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ ।…