मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२…