नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वले सोमबार बिहान गैंडाकोटबाट थालेको दबाबमूलक पैदलयात्रा डण्डाबजार पुगेको छ । टोलीले पहिलो दिन ४१ किलोमिटर पैदलयात्रा गरेर सोमबार साँझ कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाको सिमानामा पुगेर बास बसेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले…