बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भएको थियो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि बल्ल नियन्त्रणमा आउन सकेको थियो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै…