तनहुँ । स्वास्थ्य सेवा विभागले तनहुँको सदरमुकाममा रहेको दमौली अस्पताललाई एक करोड रुपैयाँ बराबरका चार वटा प्रयोगशाला यन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर, फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन्…