तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको दशौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले…