पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्रीनिकट स्रोतले दिउँसो दुई बजेपछि मन्त्री नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिएकाे छ । मन्त्री को-को बन्ने छन् भन्ने गोप्य राखिएको छ । गण्डकीमा सात मन्त्रालय छन् । तीमध्ये चारवटा कांग्रेस, दुईवटा माओवादी र एउटा एकीकृत समाजवादीले पाउने पक्कापक्की छ ।…