गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति कति ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको काठमाडौंमा घडेरी र चितवनमा रिसोर्टमा लगानी रहेको उल्लेख छ । मुख्यमन्त्री अधिकारीले प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उल्लेख गरेका छन् । …