लमजुङ । जिल्ला कारागार लमजुङबाट दुई जना कैदी फरार भएका छन् । सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारबाट रातको समयमा उत्तर पश्चिम तर्फको पर्खाल नाघेर दुई जना कैदी फरार भएका हुन् । भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा–३ का चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका विनोद विक रहेको कारागार प्रमुख कमलपति अधिकारीले बताए । उनिहरु राती करिव…