कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ । निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै रिट दायर गरेका हुन्…