फुङ्लिङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन् । ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप, गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताए । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उनले बताए । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा…