पूर्वी पहाडमा बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता : गृहमन्त्री

काठमाडौं । २ असारमा आएको बाढीपहिरोका कारण पूर्वी पहाडमा हालसम्म १० जनाको मृत्यु भएको छ । संसदमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले शंखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा बाढी पहिरोको क्षतिबारे जानकारी गराएका हुन् । उनका अनुसार ६ जना घाइते र २६ जना बेपत्ता भएका छन् । ५४ घर पूर्ण रूपमा क्षति भएको उनले सदनलाई जानकारी गराए…