एमाले प्रदेशसभा सदस्य ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारूढ दल नेकपा (एमाले) मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अख्तियारले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको छ…