बारामा धारिलो हतियार प्रहार गरी हत्या

बारा । बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात समूहले हत्या गरेको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले शनिबार राति करिब ८ बजे घर नजिकै यादवमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको बताए । गम्भीर घाइते उनको प्रादेशिक अस्पतालमा…