धनुषा । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् । दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले धनुषासहित तराई–मधेसका…