सिरहा । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरेका छन् । मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो । वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न् ।…