धनुषा । मिथिलामा आज राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ ।…