जनकपुर । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले लोकतन्त्र स्थापनाका लागि मधेशले धेरै ठूलो संख्यामा ज्यान आहुति दिने शहिद जन्माएको बताए । मधेश प्रदेशबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिसलगायतले…