धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम…