धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन् । सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो । सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय…