कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत अवस्थामा फेला परेका १५ वर्षीय किशोर विनोद शाहीको हत्या गरिएको एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल…