धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भउका छन् । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । स्रोतका अनुसार प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले…