मोदी सरकारमा ४३ मध्ये ३६ नयाँ अनुहार

मोदी सरकारमा ४३ मध्ये ३६ नयाँ अनुहार



भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले सरकार पुनर्गठन गर्नु भएको छ । मन्त्रिपरिषद अनुमान गरिए अनुसार नै ४३ सदस्यीय  बनेको छ । आज साँझै नयाँ मन्त्रिपरिषदले शपथ लिएको छ ।
 
पुनर्गठित मन्त्रिपरिषदमा ३६ जना नयाँ अनुहार छन्  । सात जनालाई मन्त्रीमा बढुवा गरिएको छ । बढुवा पाउने मन्त्रीमा किरेन रिज्जु, हरदीपसिंह पुरी, जी किशन रेड्डी, मनसुख मन्दाभिया, अनुराग ठाकुर, पुरुषोत्तम रुपाला र राजकुमार सिंह छन् । 

मन्त्री हुनेमा जलपाइगुडीका ३५ वर्षीय निसिथ प्रमाणिक, पश्चिम बंगालकै ३८ वर्षीय शान्तनु ठाकुरदेखि मणिपुरका ६८ वर्षीय राजकुमार रञ्जन सिंह समेत छन् ।  आगामी वर्ष हुने लोकसभा निर्वाचनलाई ध्यानमा राखेर मन्त्रिपरिषद पुनर्गठन गरिएको टिप्पणी भारतीय मिडियाले गरेका छन् ।