हैटीका राष्ट्रपति जोभेनल मोइसीको आफ्नै निवासमा हत्या

हैटीका राष्ट्रपति जोभेनल मोइसीको आफ्नै निवासमा हत्या



हैटीका राष्ट्रपति जोभेनल मोइसीको हत्या भएको छ। अन्तराष्ट्रिय समाचार संस्था बिबिसी अनुसार राष्ट्रपति मोइसीको आफ्नै निवासमा हत्या भएको हो । अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति मोइसीको उनकै घरमा बुधबार स्थानीय समय अनुसार रातीको १ बजे हत्या गरिएको जनाएको छ । सो घटनामा परी श्रीमती पनि घाइते भएको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको विज्ञप्ति जारी पुष्ट्रि गरेका छन् । ५३ बर्षिय मोइसे ४ बर्ष अघि हैटीको राष्ट्रपति बनेका थिए।उनको हत्या कसले गर्‍यो भन्ने खुलिसकेको छैन।