म्यान्मारकी नेतृ सू चीलाई कोभिड खोप

म्यान्मारकी नेतृ सू चीलाई कोभिड खोप



सैनिक बन्दी बनाइएकी म्यान्मार (बर्मा) की प्रजातन्त्रवादी नेतृ आङसान सूचीलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप दिइएको छ । उनका कानुन व्यवसायीले मिडियालाई यो जानकारी गराएका हुन् । राजनीतिक शत्रुता मोलेको बर्मेली सेनाले सू चीप्रति मानवीय सदभाव भने देखाएको छ । 

भ्रष्टाचारको अभियोगमा अदालतमा उभ्याइदै गर्दा संक्षिप्त रुपमा सार्वजनिक रुपमा देखा पेकी सू चीकाबारे अरु कुनै जानकारी कसैले पाएका छैनन् । 

सू चीका सत्तालाई अपहरण गरेर सेनाले गएको माघमा सत्ता हातमा लिएदेखि स्वास्थ्यकर्मीहरु बिरोधमा उत्रिएका कारण बर्मामा कोभिडबिरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको अभाव छ । ५ करोड ४० लाख जनसंख्या रहेको यो मुलुकका २.८ प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् ।