दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमाले गरे आत्मसमर्पण

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमाले गरे आत्मसमर्पण



दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले पूर्व राष्ट्रपति आफैं उपस्थित नभए पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफैं क्वाजुलु नताल प्रदेशमा रहेको घर नजिकैको जेलमा गएका थिए । 

भ्रष्टाचारको अभियोग चलिरहदा जुमा अदालतमा उपस्थित नभए पछि अदालतको अवहेलनामा १५ महीना जेल सजायँ सुनाएको छ । 

७९ वर्षीय पूर्व राष्ट्रपति जुमाले आफै सजायँका लागि उपस्थित हुन इन्कार गरेपछि प्रहरीले बुधवार मध्य रातसम्मको समय दिएके थियो । अन्यथा प्रहरीले पक्राउ गर्न आउने चेतावनी दिएको थियो ।