तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै



एजेन्सी । अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। तालिवानले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबान विरोधी प्रदर्शनलाई दमन गरेको बिबिसीले लखेको छ ।

तालिवानद्धारा कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको समेत बताइएको छ ।कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको काबुलस्थित बीबीसी संवाददाताले बताएको बिबिसीले उल्लेख गरेको छ । त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन् ।

सडकमा महिलाको उपस्थिती कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ। काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम रहेको र तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीहरूलाई रोकिरहेको बिबिसीले उल्लेख गरेको छ ।