राजधानी दैनिकको प्रकाशक संस्थाका अध्यक्ष शेरचनको कोरोनाबाट निधन

राजधानी दैनिकको प्रकाशक संस्थाका अध्यक्ष शेरचनको कोरोनाबाट निधन



काठमाडौँ । राजधानी दैनिकको प्रकाशक संस्था राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण निधन भएको छ। ६७ वर्षका उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो। राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत थिए।

अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए। संविधानसभाका पूर्व सदस्य समेत रहेका उनी वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन्। उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।