भक्तपुर । तपाईले खेतका किरा फट्यांग्रालाई खाना खुवाउने परम्परा कतै सुन्नु भएको छ । पक्कै पनि देख्नु वा सुन्नु भएको छैन होला । तर आज भक्तपुरका स्थानीय नेवार समुदायले खेतका भ्यागुतोलाई खाना खुवाउने गरेका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्लपक्षका दिन पर्ने जनै पूर्णिमा अर्थात गुन्हीपुन्हीमा यहाँका स्थानीयले खेतका भ्यागुतो अर्थात् ब्यान्चालाई खाना खुवाउने गर्दछन् । विहानै चोखो भई पूजा सामग्रीसहित क्वाटी लिएर खेतका भ्यागुतोलाई पुजा गर्ने गर्दछन् । भोजका परिकारका रुपमा किसानले क्वाँटी, फलफूल, चामलको भातलगायतका खाद्य सामग्री राखेका हुन्छन्।
खाद्यान्नकासाथै किसानले भ्यागुतालाई ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ। ऐना मुला काटेर सिन्का घोपेर तयार पारिन्छ। भ्यागुतालाई भोज खुवाउन जाने किसानले पनि त्यही भोज आफूले पनि खाएर आउनुपर्छ भन्ने चलन रहेको छ। यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतासहित आफूलाई पनि रोटी, क्वाँटीसहितको परिकार लिएर जाने चलन रहेको स्थानीय बताउँछन् ।
गुन्हीपुन्ही भनेको ९ दिनसम्म मनाइने चाड हो । संस्कृतविद् तथा इतिहासविद् औम धौभडेलकाअनुसार गुन्हीपुन्हीमा ९ थरीका गेडागुडी मिसाइएको क्वाँटी अर्थात तातो झोल खाने परम्परा छ । उक्त परिकार खेतमा रहेको ब्याँचालाई चढाएर मात्रै खानुपर्छ भन्ने मान्यता रहेको उनको भनाई छ । असारमा रोपाइँ गर्नको लागि भक्तपुरका अधिकांश स्थानीय आकाशे पानीको भर पर्छन् ।
रोपाइँ गर्नको लागि भ्यागुतोले सहयोग गर्ने मान्यता रहेकोले उनीहरुलाई पूजा गर्नुपर्ने प्रचलन रहेको उनी बताउँछन् । असारमा खेतमा भ्यागुतो कराएमा पानी पर्ने जनविश्वास छ । यसलाई स्थानीय किसानहरू नेपाल भाषामा ब्याँचा जानक वानेगू अर्थात् भ्यागुतोलाई खाना खुवाउन जाने भनेर भन्छन् । जहाँं ब्याँचाको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने बुझिन्छ ।
संस्कृतविद् धौभडेलकाअनुसार गुन्हीपुन्हीमा ९ थरीको कपडा लगाई भक्तपुरका ९ स्थानमा घुम्न जाने मान्यता रहेको छ । ‘भक्तपुरमा पूर्व फर्किएको ९ वटा ढुंगेधारा छ । त्यहाँ आज जाने गरिन्छ,’ उनले भने । ‘वर्षायामा फोहोर पानी धेरै हुने भएकोले त्यहाँ लामखुटे धेरै हुन्छ ।
ती लामखुटेले मानव समुदायमा धेरै रोग लाग्ने सार्ने गर्दछन्,’ उनले भने, ‘गुन्हीपुन्हीमा पकाएको क्वाँटीले ती लामखुटेको एक दाँत झर्ने मान्यता छ ।’ गुन्हीपुन्हीमा पकाइने गेडागुडीको झोलले सिनज्या खेतको काम गर्ने मानिसहरुलाई प्रोटिन दिने उनले बताए ।पानी पार्न सहयोग गर्ने भ्यागुतोलाई भोज !
भक्तपुर । तपाईले खेतका किरा फट्यांग्रालाई खाना खुवाउने परम्परा कतै सुन्नु भएको छ । पक्कै पनि देख्नु वा सुन्नु भएको छैन होला । तर आज भक्तपुरका स्थानीय नेवार समुदायले खेतका भ्यागुतोलाई खाना खुवाउने गरेका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्लपक्षका दिन पर्ने जनै पूर्णिमा अर्थात गुन्हीपुन्हीमा यहाँका स्थानीयले खेतका भ्यागुतो अर्थात् ब्यान्चालाई खाना खुवाउने गर्दछन् । विहानै चोखो भई पूजा सामग्रीसहित क्वाटी लिएर खेतका भ्यागुतोलाई पुजा गर्ने गर्दछन् । भोजका परिकारका रुपमा किसानले क्वाँटी, फलफूल, चामलको भातलगायतका खाद्य सामग्री राखेका हुन्छन्।
खाद्यान्नकासाथै किसानले भ्यागुतालाई ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ। ऐना मुला काटेर सिन्का घोपेर तयार पारिन्छ। भ्यागुतालाई भोज खुवाउन जाने किसानले पनि त्यही भोज आफूले पनि खाएर आउनुपर्छ भन्ने चलन रहेको छ। यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतासहित आफूलाई पनि रोटी, क्वाँटीसहितको परिकार लिएर जाने चलन रहेको स्थानीय बताउँछन् ।
गुन्हीपुन्ही भनेको ९ दिनसम्म मनाइने चाड हो । संस्कृतविद् तथा इतिहासविद् औम धौभडेलकाअनुसार गुन्हीपुन्हीमा ९ थरीका गेडागुडी मिसाइएको क्वाँटी अर्थात तातो झोल खाने परम्परा छ । उक्त परिकार खेतमा रहेको ब्याँचालाई चढाएर मात्रै खानुपर्छ भन्ने मान्यता रहेको उनको भनाई छ । असारमा रोपाइँ गर्नको लागि भक्तपुरका अधिकांश स्थानीय आकाशे पानीको भर पर्छन् ।
रोपाइँ गर्नको लागि भ्यागुतोले सहयोग गर्ने मान्यता रहेकोले उनीहरुलाई पूजा गर्नुपर्ने प्रचलन रहेको उनी बताउँछन् । असारमा खेतमा भ्यागुतो कराएमा पानी पर्ने जनविश्वास छ । यसलाई स्थानीय किसानहरू नेपाल भाषामा ब्याँचा जानक वानेगू अर्थात् भ्यागुतोलाई खाना खुवाउन जाने भनेर भन्छन् । जहाँं ब्याँचाको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने बुझिन्छ ।
संस्कृतविद् धौभडेलकाअनुसार गुन्हीपुन्हीमा ९ थरीको कपडा लगाई भक्तपुरका ९ स्थानमा घुम्न जाने मान्यता रहेको छ । ‘भक्तपुरमा पूर्व फर्किएको ९ वटा ढुंगेधारा छ । त्यहाँ आज जाने गरिन्छ,’ उनले भने । ‘वर्षायामा फोहोर पानी धेरै हुने भएकोले त्यहाँ लामखुटे धेरै हुन्छ ।
ती लामखुटेले मानव समुदायमा धेरै रोग लाग्ने सार्ने गर्दछन्,’ उनले भने, ‘गुन्हीपुन्हीमा पकाएको क्वाँटीले ती लामखुटेको एक दाँत झर्ने मान्यता छ ।’ गुन्हीपुन्हीमा पकाइने गेडागुडीको झोलले सिनज्या खेतको काम गर्ने मानिसहरुलाई प्रोटिन दिने उनले बताए ।
प्रतिक्रिया