चीनमा तीन बच्चा पाउन अनुमति

चीनमा तीन बच्चा पाउन अनुमति



एजेन्सी । चीन सरकारले अब तीनवटा बच्चा पाउन सक्ने गरी कानुनमा संशोधन गरेको छ । बढ्दो सम्बृद्धि र बिश्वव्यापी प्रभावलाई ध्यानमा राखेर यो निर्णय गरिएको सरकारले जनाएको छ ।

दुईवटा बच्चा पाउने अधिकार दिएको छ वर्षमा नै यो संशोधन गरिएको हो । चीनको जनसंख्या पछिल्लो समय ह्वात्तै घटेपछि सन् २०१५ मा दुई बच्चा पाउने अधिकार खुला गरिएको थियो ।

एक बच्चाको नीतिका कारण चीन्मा बुढापाकाको जनसंख्या मात्रै धेरै भएके तर काम गर्ने जनशक्तिको अभाव हुन थालेको थियो ।
आर्थिक अवस्थामा सुधार ल्याउन जनसंख्या वाधक भएको ठानेर १९८० को दशकमा एउटा मात्र बच्चा पाउने व्यवस्था गरिएको थियो । यो कानूनमा झण्डै तीस वर्षमा संशोधन गरिएको थियो ।

एउटा बच्चाको नीति अवलम्वन गर्दा चीनमा चालिस करोड जनसंख्या बढ्नबाट रोकिएका थिए । बिश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा १९६० देखि १९८० को दशक ताका एक जोडीले कम्तीमा तीनदेखि बढीमा छ सन्तान जन्माउने गरेका थिए ।
अहिले चीनको जनसंख्या १ अबै ४१ करोड रहेको छ ।