November 30, 2021 मंसिर १४ , २०७८

मादी घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेस नेता खड्काको माग

मादी घटनाको सत्यतथ्य छानबिन गर्न कांग्रेस नेता खड्काको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सङ्खुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।

पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका नेता खड्काले सामाजिक सञ्जालमार्फत सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरेका हुन् ।

“मादी घटनाले मलाई साह्रै दुःखीत बनाएको छ । के कारणले घटना घट्यो त्यसको सत्य तत्य पत्ता लगाइ दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु,” उनले फेसबुकमा लेखेका छन् ।