अफगानिस्तान ठूलो मानवीय सङ्कटमाः संयुक्त राष्ट्र सङ्घ

अफगानिस्तान ठूलो मानवीय सङ्कटमाः संयुक्त राष्ट्र सङ्घ



एजेन्सी । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तान ठूलो मानवीय सङ्कटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । सङ्घका प्रमुख एन्टोनियो गुटेर्रसले अफगानिस्तानमा पछिल्लो केहि समयदेखि जारी युद्ध र अस्थिरताका कारण त्यहाँ तत्काल भोजन, औषधि, स्वास्थ्य सेवा र सुरक्षित पानीको आवश्यकता रहेको बताएका छन् ।

उनले अफगानिस्तानलाई यो समस्याबाट निकाल्नका लागि ६० करोड अमेरिकी डलरको पनि आवश्यकता रहेकोले आर्थिक सहयोग जुटाउन विश्वका विभिन्न मुलुकलाई आग्रह गरे ।